के हो त circular trading भनेको ?
-बीरेन्द्र बराल
-बीरेन्द्र बराल
धितोपत्र बजारमा circular trading भनेको के हो त? यो बिशेष गरि साना लगानीकर्ताले आफ्नो लगानी जोगाउन बुझ्नै पर्ने धारणा हो। share market मा कहिलेकाही ठुला लगानीकर्ता मिलेर बजारलाई प्रभावित पार्ने प्रयाश गर्छन त्यही हो circular trading भनेको। उदाहरणको लागि A,B,C नाम गरेका लगानीकर्ताहरु एक आपसमा मिलेर कुनै एक कम्पनीको share सहमतिमै एकआपसमा किनबेच गर्ने गर्छन र बजारमा त्यो कम्पनीको share को मूल्यमा प्रभावित पार्ने कृत्रिम खेल खेल्छन। उनीहरु A ले B लाई अनि B ले C लाई आफ्नो share किनबेच गराउछन जसले गर्दा उनीहरु कम्पनी को मुल्यलाई प्रभावित गर्न सफल हुन्छन। अनि अन्तमा फाइदा घाटामा सबै सामेल हुन्छ्न । नेपालको share bazar मा पनि पटकपटक यो प्रवृति देखा परिसकेको छ। यो प्रवृतिलाई नियन्त्रणमा लिन Stock Exchange ले पटक पटक ब्रोकर तथा लगानीकर्ताको समूहलाई कारबाही गरिसकेको छ। साना लगानीकर्ताले कसरि बच्ने त यो डरलाग्दो खेलबाट ? तल दिइएका सामान्य नियमहरु पालन गर्ने हो भने यो कृत्रिम खेलबाट बच्न सकिन्छ।
क ) share मा लगानी गर्नु पूर्व आफुले लगानी गर्न चाहेको कम्पनी को बर्तमान आर्थिक अबस्था तथा भविष्यमा सो कम्पनीले दिन सक्ने प्रतिफलको बारेमा अध्ययन गर्ने।
ख ) हल्लाको भरमा share bazaar मा लगानी नगर्ने।
ग ) छोटो समयमा बढी नाफा कमाउने उद्देश्यले लगानी नगर्ने।
घ ) share किन्दा या बेच्दा ब्रोकर या बजार सम्बन्धि अनुभब भएका ब्यक्ति या फर्मसंग सल्लाह तथा परामर्श लिने।
माथिका कुरा ख्याल गरेर मात्र किन्ने या बेच्ने हो भने share market मा हुने कृत्रिम खेलबाट आफुलाई बचाउन सकिन्छ। त्यति गर्दा पनि तपाई आफुलाइ त्यो खेलबाट बचाउन सक्नु भएन भने हतारमा या आत्तिएर share बेच्ने काम चाहि नगर्नुस। धैर्य गर्नुस एक दिन आउछ तपाइले चाहेको बजारमुल्य। धैर्येता नै असल लगानीकर्ता को परिचय हो। याद गर्नुस share bazar मा कमाउन जति गाह्रो छ त्यो भन्दा सजिलो गुमाउन छ।
No comments:
Post a Comment