काठमाडौं, २ असोज - नेपाल स्टक एक्सचेन्ज(नेप्से) को बजार पुँजीकरण बढेर तीन वर्षकै उच्च भएको छ । बजार पुँजीकरण मंगलबार ४ खर्ब २ अर्ब ६२ करोड पुगेको छ । नेप्से परिसूचकमा देखिएको निरन्तर सुधारको असर बजार पुँजीकरणमा परेको हो ।
यसअघि ०६६ माघ ४ मा बजार पुँजीकरण ४ खर्ब २ अर्ब ५८ करोड थियो । गत चैत अन्तिम सातादेखि नेप्सेले सामान्य रूपमा बढ्ने गति लिएको छ । नेप्सेमा सूचीकृत सेयरहरूको कुल बजारमूल्य नै बजार पुँजीकरण हो । सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्या गुणन गर्दा बजार पुँजीकरण निस्कन्छ ।
यसअघि ०६६ माघ ४ मा बजार पुँजीकरण ४ खर्ब २ अर्ब ५८ करोड थियो । गत चैत अन्तिम सातादेखि नेप्सेले सामान्य रूपमा बढ्ने गति लिएको छ । नेप्सेमा सूचीकृत सेयरहरूको कुल बजारमूल्य नै बजार पुँजीकरण हो । सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्या गुणन गर्दा बजार पुँजीकरण निस्कन्छ ।
मन्दगतिमा बजारमा सुधार देखिन थालेको धितोपत्र बोर्डका निर्देशक निरज गिरीले बताए । गिरीले लगानीकर्ताको मनोबल बढेकाले बजार दिगो सुधारको बाटोमा देखिएको बताए ।
०६५ भदौ १५ मा ११७५.३८ अंकमा पुगेको नेप्से त्यसपछि निरन्तर घट्दो क्रममा थियो । यसबीचमा नेप्से घटेर ०६८ असार २८ मा २९१ अंंकसम्म झरेको थियो । त्यसदिन बजार पुँजीकरण २ खर्ब ६० अर्ब १६ करोड थियो । कारोबार भएका सेयर मूल्य बढे नेप्से परिसूचक बढ्छ ।
संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेपछि बजारमा सकारात्मक संकेत देखिएको इन्भेन्टर्स फोरमका अध्यक्ष सीताराम थपलियाले भने, “बैंक तथा वित्तीय संस्थाले लिने कर्जाको ब्याजदर घट्दो क्रममा देखिएपछि बजारमा सुधार आएको हो ।” उनले बजार सुधारको गतिमा रहेकाले लगानी बढ्न थालेको बताए ।
मंगलबार चिलिमे हाइड्रोपावर कम्पनीको २ करोडभन्दा धेरैको सेयर किनबेच भएको छ । संस्थागत लगानीकर्ताले पनि चिलिमेको सेयर किन्न थालेपछि दिन प्रतिदिन कारोबार तथा सेयर मूल्य बढ्दै आएको छ ।
यो साताको पहिलो दिन आइतबारदेखि बढ्न सुरु गरेको बजार परिसूचक बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार बैंक, वित्त, बिमा र नेपाल टेलिकमको सेयर मूल्य बढेपछि नेप्से परिसूचक ३ अंकभन्दा धेरैले बढेको छ । सोमबार नेप्से साढे एक अंकले बढेको थियो । कारोबार सुरु हुँदा ४२२.२५ अंकमा रहेको नेप्से ३.२२ ले बढेर ४२५.४७ अंकमा बन्द भयो । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ ।
मंगलबार बैंकिङ ३.१३, विकास बैंक १.८८, जलविद्युत् २२.९२, बिमा ३.७२, अन्य ४.७, र वित्त समूह ०.७३ अंकले बढेको छ भने व्यापार ३.०४, होटल ६.७८ र उत्पादनमूलक ७.८६ अंकले घटेका छन् ।
मंगलबार नेप्सेमा
परिसूचक ः ३.२२ ले बढ्यो
कारोबार रकम ः १० करोड ५१ लाख ९४ हजार
सेयर ः २ लाख ८३ हजार ९ सय ५ कित्ता
बजार पुँजीकरण ः ४ खर्ब २ अर्ब ६२ करोड
धेरै कारोबार हुने कम्पनी ः चिलिमे हाइड्रो कम्पनी
श्रोत: कारोबार दैनिक
No comments:
Post a Comment